श्रीमतीको हत्या आरोपमा देउवा पक्राउ

डडेल्धुरा | बैशाख २०, २०८१

श्रीमतीको हत्या आरोपमा देउवा पक्राउ

डडेल्धुरा:   आफ्नै श्रीमती ३८ वर्षीया डम्बरीदेवी देउवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्  ।

 

पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउवा रहेका छन् ।

 

प्रहरीका अनुसार कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन् ।

 

घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि श्रीमान कर्ण बहादुरलाई पक्राउ गरिएको हो ।

 

सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्